
दाङ, २० असोज । नेपाली कांग्रेस दाङका पूर्व सभापतिहरुले पाँच नम्वर प्रदेश सरकारले पेश गरेको प्रस्ताव पारित गराउन प्रदेश सांसदहरुलाई आग्रह गरेका छन् । जिल्लाका पुर्व सभापतिहरु तिर्थराज शर्मा ज्ञवाली, गेहेन्द्र गिरी, विरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल वलीले मंगलवार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गदै सरकारले ल्याएको प्रस्ताव सर्वसम्मत पारित गर्न आग्रह गरिएको छ ।
पाँच नम्वर प्रदेश सरकारको स्थायी राजधानी दाङको राप्ती उपत्यकालाई बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताब उपयुक्त भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । संसदिय कार्यदलले पेश गरेको प्रतिवेदन, भागौलिक अवस्था, जनतालाई पाएक पर्ने स्थान, सामरिक र सुरक्षाको दृष्टिकोणले सबैभन्दा उपयुक्त स्थान दाङ जिल्लाको राप्ती, गढवा गाउँपालिका तथा अर्घाखाची जिल्ला सितगंगा नगरपालिका समेतको फराकिलो मैदानी भागमा प्रदेशको राजधानी कायम गर्ने र एतिहासीक र सांस्कृतिक महत्व बोकेको भगवान गौतम बुद्धको जन्म स्थानको प्रतिकका रुपमा रहेको लुम्बिनीको नाम नै प्रदेशको नाम रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएकोमा हामी अत्यन्तै हर्षित छौ जारी विज्ञप्तीमा भनिएको छ ।
साथै सोमवार प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले देखाएको शैली, क्रियाकलाप संसदिय प्रणाली,संस्कार,संस्कृति र नेपाली काग्रेसकोे निति विपरित भएको घटना प्रति निन्दा गदै आगामी दिनमा यस्तो घटना नदोहो¥याउन सचेत गराईएको छ ।