काँग्रेस रुकुम क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा विनोद पुन

क्यालिफोर्निया,१९ असाेज  / अमेरिकाको क्यालिफोर्नियामा नेपाली काँग्रेस रुकुम क्यालिफार्निया जनसम्पर्क समिति गठन गरिएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका कांग्रेस निकट युवाहरुको भेलाले रुकुम पश्चिमक विनोद पुन मगरको सभापतित्वमा १६ सदस्यीय जनसम्पर्क समिति गठन गरेका हो ।
नवगठित जनसम्पर्कको उपसभापतिमा केशव कुसारी र कमल प्रसाद केसी रहेका छन् भने महासचिवमा रामकृष्ण कुसारी रहेका छन् ।यसैगरी सचिवमा उमेश खड्का र दिपेश कुमार जैसी, कोषाध्यक्षमा गोपाल खनाल, सहसचिवमा जयलाल खड्का त्यसैगरी सदस्यहरुमा दिपक खनाल, दिपाराम खनाल, कपिलदेव कुसारी, टिकाराम पुनमगर, प्रेम कुसारी, दिपक दाहाल, टार्जन कुसारी, सुदिप कुसारी, विजय गिरी,कैलाश के.सी. भिमसेन वली, अनिल के.सी, चन्द्र डांगी, प्रदीप के.सी पूर्ण बहादुर के.सी देवीलाल कुसारी रहेका छन् ।

भेलाले सल्लाहकारमा नर बहादुर कुसारी र धन बहादुर केसीलाई चयन गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षा र आइपर्ने समस्याहरुको समाधानका लागि समिति गठन गरिएको क्यालिफोर्नियाबाट गोविन्द चलाउनेले जानकारी दिएका छन् ।  नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया अमेरिकाका सचिव हरि भट्टको अध्यक्षता एव्म नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीको प्रमुख आतिथ्यता भेला भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया