कांग्रेस सांसदद्धारा कुर्सी र माइक तोडफोड

तुलसीपुर, १९ असोज / रूपन्देही — प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावका विरुद्धमा कांग्रेस सांसदहरुले मर्यादा विपरित तोफोड गरेका छन् । प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा छलफल अघि बढेपछि कांग्रेस सांसदहरुले कुर्सी तोडफोड र हुलहुज्जत गरेको प्रदेश सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।

मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया