भालुबाङ क्षेत्रलाई नमुना शहरका रुपमा विकास गरौ : युवा नेता रिजाल

तुलसीपुर, १८ असोज / जनता समाजवादी पार्टीका युवा नेता हरि प्रसाद रिजालले प्रदेश राजधानी तोकिएको दाङको भालुबाङ क्षेत्रलाई देशकै नमूना नयाँ शहरका रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

दाङको भालुबाङ क्षेत्रलाई राजधानी बनाउने सन्तुलिथ निर्णय गरेर ढिलै भएपनि सह्रानिय काम गरेको बताउदै पार्टीका केन्द्रिय सदस्य समेत रहेका रिजालले त्यस क्षेत्र आसपासको जमिनलाई सरकारीकरण गरेर देशकै नमूना शहरका रुपमा दिगो विकास लक्ष्य विकसित गर्नु पर्नेमा जोड दिएका हुन् ।

रिजालले फेसवुक स्टाटसमा लेखका छन्– ‘ अब प्रदेश सरकारले सकिन्छ भने त्यस क्षेत्र आसपासको जमिनलाई सरकारी करण गरौ र देशकै नमुना नयाँ शहरका रुपमा विकास गरौ ।’

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया