नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौ, १८ असोज । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आईतबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि अनिश्चतकालका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठकको मिति भने तय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र ६७ जना भन्दा बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।प्रधानमन्त्री ओली आईतवार देखि नै आइसोलनमा छन् । ओलीले सबै भेटघाट बन्द गरेपछि पार्टी सचिवालय बैठक स्थगित गरिएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया