शिक्षाको अधिकार र सवालका विषयमा अन्तरक्रिया कार्यक्रम

तुलसीपुर, १८ असोज / तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्कर्माले आवश्यकता र औचित्यका आधारमा विद्यालयहरु मर्ज गरिने बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार समूहको सहकार्यमा तुलसीपुर–१२ टरिगाउँमा भएको शिक्षक, अभिभावक र विद्यार्थी बिच शिक्षाको अधिकार र सवालका विषयमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन ।

कलिला बालबालिको भविष्य भन्दा पनि व्यवस्थापन समितिको पद र शिक्षकको जागिर जोगाउन तर्फ केहि व्यक्तीहरु संगठनका नाममा लागि परेको भन्दै संयोजक विश्वकर्माले चिन्ता व्यक्त गरे ।

मानव अधिकार समूहका उपाध्यक्ष तुलसा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१२ का कार्यबाहक अध्यक्ष मानबहादुर केसी, इन्सेका प्रतिनिधि विनोद केसी, जनमुखी प्रावीका प्रधानाध्यापक अमरराज केसी लगाएते बोलको थिए ।

 

 

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया