कांग्रेसका नेतालाई संक्रमण हुदा कार्यालय पाँच दिनका लागि बन्द

काठमाडौँ, १८ असोज । नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ। यहि असोज २२ गते सम्मका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शनिबार पाटीका नेताहरु अर्जुननरसिंह केसी र गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो।स्वास्थ्य मापदण्डलाई ख्यालमा राखी कार्यालय पाँच दिन बन्द गरिएको पौडेलले बताए।

 

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया