शान्तिनगर, १८ असोज । कोरोनाका कारण झन्डै ७ महिना देखि बन्द भएका शान्तिनगरका विद्यालयहरु संचालनमा आउन थालेका छन् । सोही क्रममा पश्चिम दाङ्गको शान्तिनगर ( ३ स्थित वीपी माध्यामिक विद्यालय आज देखि संचालनमा आएको छ।
नेपालमा कोरोना संक्रमण देखा परे पछि सरकारले चैत्र ११ गते देखि लकडाउन लगाएको थियो । जसका कारण बिद्यार्थीको पठनपाठन अबरुद्ध भएको थियो। आज आईतवार देखि संचालनमा आएको वीपी माध्यामिक विद्यालयमा ३ सिप्टमा पढाई सुरु हुने जनाइएको छ।
आईतवार बिहान साढे सात बजे देखि पहिलो चरण को पढाइ सुरु हुने जनाएको छ। त्यसै गरि दोस्रो र तेस्रो चरण गरि साढे चार बजेसम्म पढाइ संचालन हुने विद्यालयले जनाएको छ। शान्तिनगरमा सामुदायिक तर्फ २५ र निजी बोर्डीङ स्कुल छ गरि ३१ वटा विद्यालय छन् ।
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार