
तुलसीपुर, १७ असोज / पश्चिम दाङको बालापुरमा पछाडिबाट आएको मोटरसाईकलले ठक्कर दिदा २ जना घाईते भएका छन् । घाईते हुनेमा कपुरकोट गाउँपालिका–६ छायाँनाथ निबासी १९ बर्षका आशिष भण्डारी र शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी १८ बर्षकी शर्मीला विक रहेको प्रहरीले बताएको छ ।
घाईते मध्य शर्मीलाका अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । पछाडीबाट आइरहेको लु२प ६२३३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा रा४प २२६२ नम्बरको मोटरसाईकल चालक भण्डारी र ठक्कर दिने मोटरसाईकलको पछाडी सवार बिक घाईते भएका हुन् ।
ठक्कर दिने मोटरसाईकल चालकको नाम र ठेगाना नखुलेको प्रहरीले बताएको छ । दुबै मोटरसाईकल पश्चिमबाट तुलसीपुर तर्फ आउँदै थिए ।
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार