नेकपा सचिवालय बैठक स्थगित

काठमाडौ, १७ असोज । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को शनिवार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल०ले बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइनसकेको जानकारी दिएका छन् । सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ ।

सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवार दिउँसो ४ बजेको लागी बोलाएको सचिवालय बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया