२०८३ भाद्र १३ गते शनिवार

बाँकेमा तालमा डुवेर दुई जनाको मृत्यु, बाजुरामा पाँच जना बेपत्ता

दाङ, १६ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ६, फत्तेपुरको नागराफल झरना नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९, बाँकेगाउँका १६ वर्षका शिवशंकर शुक्ला र १४ वर्षका विनोद बर्माको डुबेर मृत्यु भएको हो ।

नेपालगञ्जबाट ६ जनाको समूह बनाएर किशोरहरु झरना हेर्न फत्तेपुर पुगेका थिए। झरना हेरिसकेपछि नजिकै रहेको तालमा पौडी खेलेका थिए। त्यसक्रममा दुई जना डुबेपछि अरुले उद्धार गरेर नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको थियो। पोष्टमार्टमका लागि दुबै जनाको शव भेरी अस्पताल नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ। बाजुरामा पाँच जना बेपत्ता बाजुराकोे हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन् । शुक्रवार दिउसो खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।