
तुलसीपुर, १६ असोज । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले विश्व विद्यालयको शैक्षिक प्रणाली सुधार पहिलो प्राथमिकता रहेको बताए । शुक्रबार बेलझुण्डीमा आयोजना गरिएको पदभार ग्रहण तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले विश्वविद्यालयमा शैक्षिक प्रणाली सुधार गर्दै विद्यार्थी आकर्षणको बढाइने बताए ।
उपकुलपति यादव प्रकाश लामिछानेले विश्वविद्यालयमा संस्कृत तर्फ विद्यार्थीहरुको संख्या घट्दै गइरहेको अवस्थामा अब विद्यार्थीहरुका लागि आकर्षणमुखी योजना ल्याइने बताएका छन् र्। विश्वविद्यालय स्थापनागर्दा जग्गादाताहरुको मनो भावनालाई आत्म साथ गर्दै, विश्व विद्यालयको परीक्षा प्रणालीमा सुधार, शास्त्रीतह(वि ए) चार वर्षे पाठ्यक्रम तयार पारि लागु गरिने उनको भनाई थियो ।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार