काठमाडौ, १६ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकलाई एकतामा आउन आग्रह गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विहिवार आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकालाई नेकपामै समाहित हुन आह्वान गरेका छन् ।
प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एक भएर अघि बढ्न सुझाव दिए । कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको भन्दै प्रचण्डले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको दाबी गरे ।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार


















