लालपूर्जा वितरणको बिषयमा तुलसीपुरमा छलफल

तुलसीपर उपमहानगरपालिको भन्यो : हामी लालपूर्जा बितरण गर्न आतुर छौ

तुलसीपुर,१४असोज / भूमि सम्बन्धी समस्या समाधान आयोगले तिहार लगत्तै काम सुरु गर्ने तयारीमा रहेको बताएको छ । जुन स्थानीय तहले चासो र उच्च तत्परताका देखाउँछ त्यही स्थानीय तहबाट नै लालपूर्जा वितरण गर्ने गरि तयारी थालेको आयोगका सविच लिला प्रसाद शर्माले बताए ।
तुलसीपुर उपमहानगरपालिकाको समन्वययमा तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले सुकुमबासीका नाममा हुकुमबासी नपरोस भन्ने उद्देश्य रहेको बताउँदै जनप्रतिनिधीबाट नै सिफारिस भएर आउने भएकाले यस तर्फ गम्भिर बन्न आग्रह गर्नुभयो ।

‘हामीले भोट हालेर पठाएका हौं भनेर कसैले प्रभावमा पार्न सक्छन्,’ सचिव शर्माले भन्नुभयो– ‘झुक्किएर पनि गलत व्यक्तिको सिफारिस आयो भने कानुनको भागीदार तपाँई आफै बन्नुहुन्छ । यसमा ख्याल गर्नुहोला ।’

यता स्थानीय तहका प्रमुखहरुले निर्वाचनको समयमा लालपूर्जा दिने प्रतिवद्धता व्यक्त गरेकाले सुकुमबासी, भूमिहीन र अव्यवस्थित वसोबासीलाई प्रकृया पु¥याएर लालपुर्जा दिन आतुर रहेको बताएका छन् । भूमि सम्बन्धी समस्यासमाधान आयोगको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिन आग्रह गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले देशमै पहिलोपटक लालपूर्जाको बितरणको काम तुलसीपुरबाट सुरु गर्ने गरि तयारी अवस्थामा आफुहरु बसेको बताउनुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतलको अध्यक्षतमा भएको कार्यक्रममा सुकुमबासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष टीकाराम खड्का, नेकपाका केन्द्रीय सदस्य रामकुमार ज्ञावली, बबई गाउँपालिका अध्यक्ष भुवनेशवर पौडेल, दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का, शान्तीनगर गाउँपालिका कार्यालका प्रशासन प्रमुख कृष्ण कँडेल, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, १५ का वडाध्यक्ष लक्ष्मण चौंधरी, नेकपाका नेताहरु कृष्ण बैरागी, रामजी चौधरी लगाएते आ–आफना जिज्ञासा राख्दै यदि अहिले पनि लालपूर्जा जनताले पाउन नसक्ने हो भने जनतालाई जिस्कयाउन र सरकारको ढुकुटी सक्ने आयोग बनाउनुको कुनै अर्थ नहुने बताए ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया