दाङ, १२ असोज । मदन भण्डारी लोकमार्ग अन्र्तगत प्युठानमा सडक बाटो खन्ने क्रममा पहिरोले जेसीवी पुरिदा चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
सोहि सडक खण्ड अन्र्तगत माण्डबी गाउँपालिका वडा नमवर १ तिरान नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको जेसीवीलाई माथिबाट खसेको पहिरोले पुरिदा चालक अर्घाखाँची सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।
बाटो खन्दै गर्दा एक्कासी जेसिवी माथिबाट खसेको पहिरोले पुरेपछि अर्को जेसीवी आएर शव निकालेको उनले जानकारी दिएका छन् । दर्घुटना सोमवार दिउँसो १ बजेतिर भएको हो ।
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार





