काठमाडौ, १२ असोज । सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच सहमति जुटेको पाटी स्रोतले जनाएको छ । संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन् ।
स्रोतका अनुसार अब उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ ।त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ लाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी भएको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहकाआधारमा भागबन्डाको सङ्ख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रकानाममा समझदारी खोजिने नेकपाको तयारी छ ।
त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी दुई अध्यक्षको छ । अहिले २१ वटामन्त्रालय छन्, अब २४ हुनेछन् । प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालयबनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको बताईएको छ । प्रचण्डले,प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नु पर्ने प्रस्ताव गरेका छन् । ओलीले भने ९ मन्त्रालय मात्र पूर्व माओवादी समूहलाई दिन सकिने बताउँदै आएको पाटी स्रोतले बताएको छ ।


















