फाईल फोटो
दाङ, ९ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेको बसमाथिबाट पहिरो खस्दा घाईते भएका ६ जना मध्ये तिन जनाको उपचार भईरहेको छ भने तिन जना डिस्चार्ज भएका छन् । विहिवार साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबामन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी काठमाडौबाट रुकुम तर्फ जादै गरेको ना ५ ख.७९४० नम्बरको बस पुरिदा एक जनाको ज्यान गएको थियो भने छ जना घाईते भएका थिए ।
घाईते हुनेमा सल्यानका ३५ बर्षिय लोक बहादुर बस्नेत, रुकुम मुसीकोटका ३० बर्षिय रमेश खड्का,बाफिकोट ३ का २७ बर्षिया सिवा पुन, सल्यान श्रीनगरका २७ बर्षिया प्रतिक्षा खड्का, सोहि ठाउँका १० बर्षिय प्रज्ञान बस्नेत र १६ बर्षिया खुमा बुढाथोकी रहेको जिला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिएका छन् ।
घाइते ६ जना मध्ये तिन जनाको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ भने तिन जनाको डिस्चार्ज भईसकेको उनले जानकारी दिएक छन् । डिस्चार्ज हुनेमा प्रतिक्षा खड्का, प्रज्ञान बस्नेत र खुमा बुढाथोकीको रहेका छन् । माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएका मध्ये रुकुमपश्चिम आठबीसकोट १० का २५ वर्षका हरिषचन्द्र केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको थियो । बसमा १८ जना सवार भएता पनि बसका चालक र सहचालक सहित ११ जना सकुसल रहेको प्रहरीले बताएको छ ।





