पहिरोमा पुरिएका तिन जनाको शब फेला ,एक दम्पत्ती अझै बेपत्ता

फाईल फोटो

दाङ, ९ असोज । पाल्पामा पहिरोमा पुरिएका तिन जनाको शव फेला परेको छ भने अझै दुई जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा एकै घरका श्रीमान्श्रीमती रहेको रम्भा गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष उमान सिंह सारुले जानकारी दिएका छन् । बुधवार देखी परेको अविरल बर्षात कारण विहिवार राती सोहि वडाको फोक्सिङकोट बेलौजामा तिन घर पहिरोले पुरेको थियो ।

पहिरोले पुर्दा हुम बहादुर गाहा, उनकी श्रीमती धनसरा गाहा, छोरी १७ बर्षकी कृष्ण माया गाहा, छोराको छोरी ९ वर्षकी लक्ष्मी गाहा र छोरीको छोरी अर्थात उनको नातिनी १४ की खुमिसरा आले बेपत्ता भएका थिए । ती मध्ये खुमिसरा,लक्ष्मी र कृष्णमायाको शव शुक्रवार फेला परीसकेको वडा अध्यक्ष सारुले जानकारी दिएका छन् ।

अन्य दुई जनाको खोजीकार्य भईरहेको बताईएको छ । पहिरोले हुम बहादुर गाहा, मान बहादुर गाहा र दल बहादुर गाहाको घर पुरेको हो । मान बहादुरको घरपरिवार भाग्न सफल भएका हुन् भने दल बहादुरको घर दिउँसोको समयमा भएकाले केहि सामान समेत निकालिएको वडा अध्यक्ष सारुले बताएका छन् । उनका अनुसार तिन वटा घर पहिरोले पुर्ण रुपमा पुरेको छ । अहिले पनि खोज तथा उद्धार कार्य भईरहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया