गौतमलाई असोज १४ सम्म संबैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

मनोनयन बदरको माग गर्दै गौतमको विपक्षमा निवेदक सहित १६ जना वकिलले गरे बहस

तुलसीपुर, ७ असोज / सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई असोज १४ गतेसम्म थप संबैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनयन बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो ।

गौतमको विपक्षमा त्रिपाठी सहित १६ जना अधिवक्ताले बहस गरेका गरेका थिए । असोज ५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहेका गौतमको मनोनयन बदर गर्न माग गर्दै रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर दायर भएको थियो । यसको टुङ्गो असोज १४ गते दुबैको बहसपछि लाग्ने छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया