घोरानेटी विद्यालयमा दुई सिप्टमा पढाई हुने

फाईल फोटो

तुलसीपुर, ५ असोज । लामो समय देखी बन्द भएको दिपज्योती आधारभुत विद्यालय घोरानेटीमा दुई सिप्टमा पढाई सन्चालन हुने भएको छ । विद्यालयको आईतवार बसेको अभिभावक भेलाले विहान र दिउँसो दुई सिप्टमा पढाई सन्चालन गर्ने निर्णय गरेको प्रधानाध्यापक भुप बहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार विहान १० बजेदेखी दिउँसो १ बजे सम्म प्राथमिक तहको पढाई र विहान ७ बजेदेखी १० बजे सम्म प्राथमिक तह देखी आधारभुत तह सम्म पढाई सन्चालन हुनेछ । एउटै सिप्टमा पढाई सन्चालन गर्दा विद्यार्थीहरुको भिडभाड हुने र कोरोनाको जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको उनले बताएका छन् ।

विद्यालयले विद्यार्थी तथा शिक्षकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी स्यानिटाईजर, मास्क र सावुनपानीको व्यवस्थापन गर्नेछ । कोरोना माहामारीको जोखिमका बाबजुद पनि सरकारले सिकाई निर्देशिका २०७७ जारी गरी बैकल्पिक शिक्षा नितिलाई अघि सारेको छ । सोहि अनुरुप तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा शैक्षिक गतिविधिहरु सन्चालन हुन थालेका छन् ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया