कोइलाबास कस्तो बनाउने याेजना बनाउनुस्, सरकारले लगानी गर्छ : मुख्यमन्त्री पोख्रेल

कोइलाबास, ४ असोज / प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको छ । मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटि भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको हो । दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको भवन उद्घाटन कार्यक्रम पश्चात् भारतसंग जोडिएको दाङको पुरानो कोइलाबास नाकामै पुगेर अवलोकन गर्नु भएको हो ।
बैंक स्थापना गर्न माग
दाङ कोइलाबास नाकामा बैंक स्थापना गर्न माग गरिएको । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले कोइलाबास नाकामा बैंक स्थापना गर्नको लागी मुख्यमन्त्री शंकर पोख्रेललाई ध्यानाकर्षण गराउनु भएको हो । उहाँले भन्नुभयो,–। ‘लमही कोइलाबास हुलाकी राजमार्ग पनि तयार भए लगत्तै पहिलेको तुलनामा कोइलाबासमा अहिले धेरै चहलपहल भएको छ । भन्सार भारतिय कस्टम बलरामपुरमा बसेको छ । अव कोइलाबास नाकामा बकैंको आवश्यकता छ ।’ ‘बजार नजिकै नहुदा सम्म सामान ओसारपोसार गर्न सकिदैन । कोइालबास भन्सार चालुको पहलका साथै बैंक स्थापनाको पहल गरिदिनु प¥यो, अध्यक्ष आचार्यले भन्नुभयो ।’

मुख्यमन्त्री पोख्रेलाई वडाको ज्ञापनपत्र
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई गढवा गाउँपालिका वडा म्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले समग्र कोइलाबास नाकाको विसकाको लागि ज्ञापनपत्र बुझाउनु भएको छ । नेपालको दोस्रो ठूलो कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्न आउनु भएका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई वडाध्यक्ष सिद्दिकले कोइलाबास नाका बोर्डन लाईन तथा निकासीको लागि भन्सारको रुपमा संचालन हुनेपर्ने, जनकपुरधाम पटिको नेपालको दोस्रो ठूलो रामजानकी मन्दिरको मर्मत तथा संरक्षण गर्दै कोइलाबास नाकालाई प्रदेशकै नमुना पर्यटकीय स्थलको निर्माण गर्ने, कपिलबस्तु जिल्लाको सिमा क्षेत्र देखि भारत सिमाना सम्म जोडिएको दाङको राजपुर गाउँपालिकासंग नयाँ बाटो ट्र¥याक निर्माण गर्दै, पक्की बाटोको निर्माण गर्नुपर्ने, कोइलाबास शहरी विकास निर्माण गर्नुपर्ने, महेन्द्र आधारभुत विद्यालय भवन निर्माण गर्नुपर्ने, मदरशा प्रावि विद्यालयको भवन निर्माण गर्ने, कोइलाबास खोला तटबन्ध तथा डयाम निर्माण गर्नेपर्ने माग राख्दै मुख्यमन्त्री पोख्रेललाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

सरकारले पूर्वधारमा लगानी गर्छः मुख्यमन्त्री पोख्रेल
प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोख्रोले विकासका पूर्वधारहरुमा लगानी गर्ने बताउनुभयो । आइतवार दाङको कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्दै, मुख्यमन्त्री पोख्रेले स्थानीयको अधारमा सरकारले सहयोग बताउनुहुदैँ, अपुरा पूर्वधारहरुमा सरकार लगानी गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘सरकारले चाहे कोइलाबासलाई भन्सारलाई पुरानै भन्सारको रुपमा विकास गर्न सक्छ तर, त्यो विकास स्थानियसंग छ । कोइलाबास नाकाको दिर्घकाली विकासको योजना ल्याउनुस् ।’ ‘सरकारले लगानी गर्छ । कोइलाबासलाई खण्डरमा राखेर लगानी चाहियो भन्न मिल्दैन । कोइलाबास कस्तो बनाउने भिजान बनाउनुस्, सरकारले लगानी गर्छ ।’

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया