२०८३ असोज ६ गते मङ्गलवार

मोटरसाईकलको ठक्करबाट दाङमा एक जनाको मृत्यु , एक गम्भिर घाइते

तुलसीपुर, ३ असाेज / मोटरसाईलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ सुनडबरी निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा३प १०९४ नम्बरको मोटरसाईकलले करिब ४ बजे पछाडिबाट ठक्कर दिदा घाईते भएका रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक रोकालाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पातल तुलसीपुरकाे शव गृहमा राखिएको मृतकका भतिजा गनेस रोकाले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकल सहित चालक शान्तिनगर गाउँपालिका–४ शान्तिपुर निबासी थमन कडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यसैविच बिजौरीमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जना घाईते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको लु ६०प४७१८ र विपरित दिशाबाट आउँदै गरेको लु३प५९५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा रुकुमको बाँफीकोट गाउँपालिका–१२ निबासी ४१ बर्षका शेरबहादुर खत्री घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

बेहोस अवस्थामा रहेका खत्रीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटना दिउसो सवा ४ बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।