तुलसीपुरका ९५ प्रतिशत विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

दाङ, १ असोज । तुलसीपुर क्षेत्रमा ९५ प्रतिशत बालबालिकाहरुलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।शिक्षा महाशाखाका अनुसार पठनपाठन नभएता पनि विद्यार्थीहरुलाई यस अघि नै पुस्तक वितरण गरिएको छ ।

जस मध्ये जम्मा विद्यार्थीको संख्या मध्ये ९५ प्रतिशतले पाठ्यपुस्तक लगी सकेका छन् भने अब ५ प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक पाउन बाँकी रहेको शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिएका छन् ।

साथै बन्दाबन्दीकै समयमा कक्षा १ देखी ८ सम्मका ४ हजार विद्यार्थीलाई सन्दर्भ सामग्री समेत वितरण गरेको उनले बताएका छन् । तुलसीपुरमा सामुदायिक विद्यालयका १६ हजार विद्यार्थी रहेका छन् भने संस्थागत विद्यालयका १६ हजार विद्यार्थी रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया