बालबालिकाको भविस्य प्रति गम्भिर बनौँ :बालअधिकारकर्मी गौतम

तुलसीपुर ३० भदौ । कोरोना माहामारीले गर्दा देशभरका बालबालिकाहरुको शिक्षामा ठुलो असर परेको छ । लेख्न र पढ्न पाउने हरेक बालबालिकाको नैसर्गिक अधिकार भएता अहिले उनीहरु घरमै बस्नु परेको छ । नयाँ शैक्षिक सत्र सुरु नहुदै बिद्यालय बन्द भएपछि बालबालिकाहरु विद्यालय भर्ना हुन पाएका छैनन् । यसरी लामो समय सम्म बालबालिकाहरु घरमै बस्नु पर्दा सिकेका कुरा विर्सदै जाने र भविस्यमा यसले शैक्षिक उपलब्धीमा ठुलो ह्रास आउने बाल अधिकारकर्मी विकिरण गौतमले बताएका छन् ।

देशको कुल जनसंख्या मध्ये ४२ प्रतिशत बालबालिकाहरुको संख्या रहेको बताउदै उनले ती बालबालिकाहरु कुनै न कुनै हिसाबले प्रभावित हुने गरेका छन् ।त्यसपनि विश्वभर फैलिएको कोरोना माहामारीले गर्दा बालबालिकाहरु अझ बढि मारमा परेको उनको भनाई छ । हिमालयन शान्ती तथा विकास अभियानका अध्यक्ष समेत रहेका गौतमले कोभिड १९ को माहामारीले सवैभन्दा बढि बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार माथी धेरै क्षति हुने सम्भावना रहेको बताएका छन् ।अहिलेको पठनपाठन बन्द हुदा भविस्यमा यसले ठुलो नोक्सान गर्ने सम्भावना रहेको बालअधिकारकर्मी गौतमले बताएका छन् ।

लामो समय सम्म विद्यालय नखुल्दा विद्यार्थीहरु घरमै बस्नु पर्दा उनीहरुले जानेका कुराहरु बिर्सिने र भविस्यमा हाल सम्म प्राप्त गरेका शैक्षिक उपलब्धी तथा शैक्षिक गुणस्तरमा ह्रास आउने सम्भावना बढि रहेको छ । आजका बालबालिका भोलीका यो देशका कर्णधार भएकाले अहिलेको शिक्षण सिकाई गतिशिल नहुदा ती बालबालिकाहरुले भविस्यमा हुने देश विकासमा योगदान गर्न नसक्ने उनको भनाई छ ।
साथै उनले बालबालिकाको भविस्य प्रति अब सवै सवैले समयमै गम्भिर तरिकाले सोच्नु पर्ने बेला आएको बताएका छन् ।

माहामारीको जोखिमका बाबजुद तत्काल विद्यालय सन्चालन गर्न नसकेता पनि बालबालिकाहरुको उमेर तहगत रुपमा पहिचान गरेर बर्गिकरण गरी प्रविधिको पहुँचमा रहेका बालबालिकालाई प्रधिविसंग जोडेर शिक्षण सिकाई क्रियाकलाप अगाडी बढाउन सकिने उनको सुझाव छ । त्यस्तैगरी प्रविधिको पहुँच भन्दा बाहिर भएका बालबालिकाहरुको पहिचान गरी शिक्षकहरुलाई घरदैलो अभियानमा परिचालन गर्न सक्ने बातावरण सरकारले तयार गर्नु पर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया