नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने

काठमाडौ, २८ भदौ । सत्तारूढ नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरूको तत्काल नवीकरण गर्ने स्थायी कमिटीको निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए ।

नेकपा संगठन विभागको आईतवार बसेको बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । तत्कालिन एमालेका ५ लाख र तत्कालिन माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ। संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया