जखेरा तालमा अत्याधुनिक डुङगा चल्छ सांसद : चौधरी

देउखुरी, २८ भदौ । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले दाङको धार्मिक तथा पर्यटकीय स्थल जखेरा तालको विकासमा आफ्नो भुमिका रहने प्रतिबद्धता जनाएका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमही स्थित जखेरातालको विकास गरि प्रदेश नं. ५का नमुना पर्यटकीय क्षेत्रको रुपमा प्रसारप्रचार गरी तथा यस तालमा आन्तरिक तथा बाहर्य पर्यटकहरु भित्रयाइ यहाँका स्थानियहरुको आयआर्जनमा वृद्धि गर्ने योजना रहेको उल्लेख गरे ।

लमही नगरपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीय क्षेत्र जखेरातालको अवलोकन तथा ताल संरक्षण समितिका पदाधिकारीहरुसँग तालको वर्तमान अवस्था बारे जानकारी लिन सांसद चौधरी पुगेका थिए ।

जखेरा शिवालय धार्मिक पर्यटन बिकास संरक्षण प्रतीष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य चौधरीले जखेरातालमा आफ्नो तर्फबाट तिनवटा अत्याधुनिक डुङगा संचालनको लागि सहयोग गर्ने प्रतिवद्धता जानाए ।

जखेरा शिवालय धार्मिक पर्यटन बिकास संरक्षण प्रतीष्ठानका सदस्य केशवराज पोख्रेलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा लमही नगरपालिका ३ का वडा अध्यक्ष बाबुराम चौधरीले पूर्वपश्चिम राजमार्गबाट तालसम्म पुग्ने जखेरा सडक खण्ड आधाभाग मात्रै कालोपत्रे भएको र उक्त सडक पुरै कालोपत्रे गर्ने सन्दर्भमा सांसद चौधरीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया