तुलसीपुर, २६ भदौ । पश्चिम दाङको चिसापानीमा मोटरसाईकल पल्टिदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा बबई गाउँपालिका–६ चौपारी निबासी २२ बर्षका प्रकाश विक र सोही वडाको बुटनिया निबासी २९ बर्षकी संगिता विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए।
घाइते २ जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । तुलसीपुरबाट पञ्चकुले जाँदै गरेको रा१प ३१०५ नम्बर मोटरसाईक तिब्रगतिका कारण अनियन्त्रीत भएर पल्टिदा चालक प्रकाश र पछाडी सवार संगिता घाइते भएका हुन् । घटना आज दिउसाे भएकाे थियाे ।
प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार





