तुलसीपुर, २२ भदौ । डोजरले ठक्कर दिदा दाङको भोजपुरमा एक महिला गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका–१४ भोजपुर निबासी ४८ बर्षकी लिलावती डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
घाईते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दिउसो साढे २ बजे भोजपुर सडक बनाउँदै गरेको रा१क २९९ नम्बरको डोजरको अगाडिको बकेटले डाँगीलाई ठक्कर दिएको थियो । डोजर सहित उरहरी निबासी निर्मल चौधरीलाई मलवार प्रहरी चौंकीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार





