तुलसीपुर, २२ भदौ । तुलसीपुरमा मोटरसाईकलले ठक्कर दिदा एक महिला घाईते भएको प्रहरीले बताएको छ । तुलसीपुर देखी गोटिखोलातर्फ जादै गरेको रा५प ५५८३ नम्वरको मोटरसाईलकले तुलसीपुर सल्यानरोड अन्र्तगत तुलसीपुर ७ पेट्रोल पम्प नजिकै ठक्कर दिदा सोहि ठाउँ बस्ने ६९ बर्षिया नन्दकली विक घाईते भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटना आईतवार बेलुकी साढे पाँच बजे भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार





