कुलोमा डूबेर तुलसीपुरमा एक महिलाको मृत्यु

तुलसीपुर, २० भदौ । खैरेनी कुलोमा डूबेर तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–१९ निबासी ६५ बर्षकी दिलु कुमारी खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउसो ढाई बजे मृत्यु भएको प्रहरीले बताएको छ । घर नजिकै रहेको खैरेनी कुलोमा बिहान डुबेको अवस्थामा आफन्तले भेटेपछि उपचारका लागि अस्पताल ल्याएका थिए ।

सांकेतिक फोटो

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया