डिउटीमा बसेका प्रहरी जवानको मृत्यु

कञ्चनपुर – डिउटीमा बसेका एक प्रहरी जवानको कञ्चनपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका – २ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐर रहेका छन् ।

डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर गएराति १२ बजे ऐर एक्कासी ढलेर बेहोस भएको र तत्कालै उपचारका लागि धनगढी ल्याईएपनि ज्यान बच्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताएका छन ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया