दाङ, २० भदौ । एकै दिन झुण्डिएर दुई पुरुषले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालयका अनुसार प्युठान स्वर्गद्वारी नगरपालिका ९ भर्जेनी बस्ने अन्दाजी २६ बर्षिय पदम बहादुर बुढाले घर नजिकै रुखमा शुक्रवार बेलुकी झुण्डिएर आत्महत्या गरेका छन् ।
यस्तैगरी सरूमारानी गाउँपालिका ४ बस्ने ५० बर्षिय हेमलाल खाम्चाले शुक्रवार राती पौने नौ बजेतिर घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार





