तुलसीपुरमा कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते

तुलसीपुर १८ भदौ । तुलसीपुरको गुम्राह चोकमा बिहान सवा सात बजे कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २५ बर्षका मोहन पाठक र तुलसीपुर उपमहानगरपालिका– ६ गाईडर बस्ने ४२ बर्षकी मिना पाठक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

राप्ती बबईबाट क्याम्पस रोडबाट बजार तर्फ आउँदै गरेको रा५प ५२३३ नम्बरको मोटरसाईकललाई ग३च १४७६ नम्बरको कारले गुम्राह चोकमा ठक्कर दिदा उक्त घटना भएको थियो । चालक सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया