बाग्लुङ,१८ भदौ । बाग्लुङको सुकुर्दुङ खोलामा बाढी आउँदा १० घर बगाएको छ ।
ढोरपाटन नगरपालिका क्षेत्रको बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अरिवरल वर्षासँगै गएराति आएको बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार





