बामदेवका विषयमा भोली छलफल गर्ने सहमती

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घन्टा छलफल भएको छ ।

उनीहरुबीच रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने कि युवराज खतिवडा भन्नेमा छलफल भएको छ ।
पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड भएपनि ओली भने युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् ।

भेतवार्तामा भोली बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सवै विषयमा छलफल गर्ने सहमति भएका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया