कोरोनाबाट भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

एजेन्सी, १५ भदौ । कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । लामो समयदेखि दिल्लीस्थित सेनाको अस्पतालमा उपचारत मुखर्जीको सोमबार साझ निधन भएको छोरा अभिजित मुखर्जीले ट्विट मार्फत जानकारी दिएका छन् ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि अस्पतालको कोमामा थिए । मस्तिष्क सर्जरीका लागि उनलाई सैनिक अस्पताल भर्ना गरिएको थियो । सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

उनले अगस्ट १० मा ट्वीट गर्दै आफूलाई कोरोना भएको सार्वजनिक गरेका थिए । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया