तुलसीपुर, १४ भदौ । नेपाली सेनाका एक जवानले आफैले बोकेको हतियारले आफैलाई हानेर आत्महत्या गरेका छन् । सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आज बिहान पौने ३ बजे आत्महत्या गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले तुलसीपुर खबरलाई जानकारी दिए ।
मृत्कको नाम र युनिट खुलाउदा अन्य सैनिक जवान हतोत्साहित हुने भएकाले नाम गोप्य राखिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘कम्जोर आत्मबल, मनमा नैराश्यता छाएका, कोभिड –१९ का कारण लामो समयदेखि घर विदामा जान पाएका, हरुमा कहिलेकाँही यस्तो समस्या देखिने गरेको सेनाले जानकारी दिएको छ ।
यस्ता घटनाहरु बर्षमा ६/७ वटा हुने गरेको प्रवक्ता पौडेलले बताए । मृतकको शव पोष्टमार्टमको लागि श्री त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएका सेनाले जानाएको छ ।





