२०८३ भाद्र १२ गते शुक्रवार

विभिन्न घटनामा परि दाङमा तिन जनाको मृत्यु

दाङ,१४ भदौ ।

दाङमा विभिन्न घटनामा परि तिन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १७ धोब्बे बस्ने २ बर्षिय बालक घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा डुवेर मृत्यु भएको छ । उनको शनिवार विहान कुलोमा डुवेर मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको छ । यस्तैगरी तुलसीपुर १८ अक्कासी बस्ने ४० बर्षिय तेज बहादुर खड्का कुलोमा मृत फेला परेका छन् ।

घोराही ११ तेरेनी स्थित पत्रेफाल्ने खोलाको खेतमा जाने पानीको कुलोमा उनी शनिवार दिउँसो मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यस्तैगरी घोराही ४ सिस्नेखोला स्थित वडा नम्वर ३ भैसापुर निवासी १८ बर्षिया हिमा नेपालीले झुण्डीएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनले आफ्नै कोठाको पंखामा शनिवार दिउँसो झुण्डिएर आत्महत्या गरेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया