नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित

काठमाडौ,१२ भदौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको बताईएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रवार छलफल गरेर शनिवारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न पाटीका दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया