विरोध चुनावमा गर्नुपर्छ, विकासमा होइनः सांसद चौधरी

दाङ, १२ भदौ / कोरोना भाइरस (कोभिड १९)ले विश्वलाई नै आतंकित बनाएको बेला नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी दाङ निर्वाचित क्षेत्र नं. १ अन्तरगत पर्ने गत आर्थिक वर्ष ०७६/०७७ का सम्पन्न तथा अधुरा योजना तथा ०७७÷०७८ का परेका योजनाहरु कार्यान्वयन गर्न स्थानियहरुसंग सामाजिक दुरी कायम राखी स्वास्थ्य मापडण्ड अपनाएर छलफल गर्नु भएको छ । विहिवार सदस्य चौधरीले गढवा र राजपुर गाउँपालिका अन्तरगतका विभिन्न कार्यकर्ता तथा स्थानिहरुसंग प्रत्यक्ष बसेर छलफल गर्नु भएको हो ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले पुनःबजेट विनियोजन गरि सम्पन्न हुन नसकेका अधुरा योजनाहरुमा सम्पन्न तथा परेका योजनाहरु कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। कोरोना भाइरस (कोभिड १९)ले विश्वलाई नै आतंकित बनाएको छ तर, यो भाइरससंग जुद्दै दाङ निर्वाचन क्षेत्र नं. १ लाई विकास गर्ने हो ।

विकास गर्ने क्रममा विरोधका स्वरहरु सहजै धरै आउने गर्छन् तर, विकास गर्दा विरोधको स्वरलाई चिरेर अगाडि बढ्न आवश्यक छ । विरोध चुनावमा गर्नुपर्छ, विकासमा होइन ।  ‘गाउँमा छलफल गरि विकास गर्न छुटेका योजनारु केके छन् मलाई ल्याउनुस् । मेरो निर्वाचन क्षेत्रलाई म आफै बनाउनेछु भन्ने अभियानमा लागेको छु । मलाई तपाईहरुले निर्वाचित गराउनुभयो । मेरो निर्वाचन क्षेत्रलाई दिर्घकालीन रुपमा म आफै विकास गर्नेछु ।’

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले गढवा गाउँपालिका अन्तरगतका सेम्री, कान्छी गाउँ, मोतीपुर, मानपुर, शान्तीनगर, चन्दनपुर तथा राजपुर गाउँपालिका कुरुवाखोला, सिक्टा, गंगदी, खएरभट्टी, जंग्रहवा, बसन्तपुर, खरदरिया लगायतका विभिन्न स्थानमा पर्ने योजनाहरुको स्थलगत निरिक्षण तथा अनुगमन गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) दाङ जिल्ला सदस्य तथा क्षेत्र नं. १ का क्षेत्रीय संयोजक मिना गुरुङ्, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) दाङ जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, लमही नगर कमिटि सचिवालय सदस्य डण्डीराम चौधरी, राजपुर गाउँ कमिटिको सचिवालय सदस्य धनश्याम चौधरी, भिम वली, स्वकिय सचिव गौरवसिंह महरा लगायतको संयुक्तमा सदस्य चौधरीले अनुगमन गर्नु भएको थियो ।

कार्यकाल भित्र घरको छाना विस्तापित गर्छुःःचौधरी

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले दाङ निर्वाचित क्षेत्र नं. १ अन्तरगत क्षेत्रमा कार्यकालमै भित्र घरको छाना विस्तापित गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सुरक्षित नागरिक आवास, खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष ७७÷७८ मा ७ करोड ६६ लाख बजेट विनियोज गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिनुभयो ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ मा १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले जानकारी दिनुभयो ।

जसमध्य लमहीमा ३ सय ४७, गढवामा ३ सय ९७, राप्तीमा २ सय ४६, राजपुरमा ३ सय २९ र घोराहीको वडा नं. १, २, ३, ५ मा २ सय १३ गरि १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले जानकारी दिनुभयो । पहिलो प्रथामिकतामा एकल महिला, दलित, पछाडि परेको समुदायिलाई राखिएको छ ।।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया