दैलेख, ९ भदौ । कर्णाली नदीमा नुहाउदै गरेका दुई बालक बगेर बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा दिउँसो १ बजे बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको जिल्ला प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार





