२०८३ भाद्र १० गते बुधवार

मोटरसाईकलले ठक्कर दिदा बाँकामा ८ बर्षकी बालिका गम्भिर घाईते

तुलसीपुर, ७ भदौ । पश्चिम दाङको बाँकामा मोटरसाईकलले ठक्कर दिदा ८ बर्षकी बालिका गम्भिर घाईते भएकी छन् ।

तुलसीपरबाट श्रीगाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाईकलले दंगीशरण गाउँपालिका–७ बाँकामा ठक्कर दिदा सोही ठाउँ निबासी बुद्धिराम कुमालकी ८ बर्षकी छोरी सरिता कुमाल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् ।

गम्भिर घाईते बालिकाको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया