सांसद चौधरीद्वरा अट्वारी पर्वको शुभकामना

देउखुरी, ६ भदौ  / प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य मेटमणी चौधरीले थारु समुदायको अट्वारी पर्वको अबसरमा शुभकामना व्यक्त गरेका छन् ।

सांसद चौधरीले थारु समुदाय एवं सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका थारू समुदायलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकार गरेको अपिलको पालना गरि आईतबार परेको अट्वारी पर्व मनाउन आग्रह गरेका हुन् ।

थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसर पारेर शुभकामना सन्देश दिदै सांसद चौधरीले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतीले अनेकतामा एकताको सन्देश दिएको उल्लेख गरेका छन् ।

यसबर्ष कोरोना संक्रमणबाट बच्ने र बचाउने अभियानमा सबै रहेको भन्दै, सबैजना घरमै बसेर उच्च सतर्कताका साथ घरपरिवारसँग अट्वारी पर्व मनाउन अपिल गर्दै साथि भाई, इष्टमित्र र नातागोतालाई अट्वारी पर्वको शुभकामना फोनबाट आदानप्रदमन गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया