तुलसीपुर, ५ भदौ । तुलसीपुरमा १० बर्षकी बालिकाले झुण्डीएर आत्म हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ निबासी नन्द राम केसीकी छोरी १० बर्षकी जानकी केसी घरको तलामा झुण्डीएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको । बालिका उपरान्ह साढे ४ बजे झुण्डीएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार





