तुलसीपुर, ५ भदौ । तुलसीपुरको दुधेनामा मोटरसाईकलले ठक्कर दिदा एक पदैलयात्री गम्भिर घाईते भएका छन् । तुलसीपुरबाट बालापुर जाँदै गरेको रा१प८५४५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा थपगाउँ निबासी ५९ बर्षका अर्जुन गिरी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनको राप्ती प्रादेशिक अस्पतला तुलसपिुिरमा उपचार भइरहेको छ । त्यसैगरी मोटरसाईकल चालक दंगीशरण गाउँपालिका–४ बैबाङ निबासी २२ बर्षका सुनिल खड्का पनि घाईते भएको प्रहरीले जनाएको छ ।
घटनाका प्रत्यक्षदर्सीले खड्कालाई चालक बताए पनि खड्काले बैबाङकै २३ बर्षका टिकाराम रावतलाई चालक भएको सिकाएका छन् । पछाडी बसेका भनिएका रावत फरार रहेका छन् ।
प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार





