तुलसीपुर, ५ भदौ । बर्दियामा कर्णाली नदीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा बगेर एक जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा जिल्लाको गेरुवा ४ गोबिन्दपुर निवासी ४२ बर्षका सन्तराम थारु रहेको ईलाका प्रहरी कार्यालय पातभारका प्रहरी निरीक्षक
नबराज केसीले जानकारी दिएका छन् । थारुको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार





