तुलसीपुर, ४ भदौ ।
पश्चिम दाङमा अटो दुर्घटना हुदा एक महिला घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम अमुवा तर्फ जादै गरेको रा १ ह ३५९६ नम्वरको अटो दुर्घटना हुदा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवा बस्ने १९ बर्षिया पुजा चौधरी घाईते भएको प्रहरीले बताएको छ ।
विहिवार बेलुका ७ बजेतिर वडा नम्वर १ ज्यामिरे भन्ने स्थानमा अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । घाईते महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । घाईत महिलाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार





