पश्चिम दाङबाट २ जना विप्लवका कार्यकर्ता पक्राउ

तुलसीपुर, ४ भदौ ।  पश्चिम दाङबाट प्रहरीले विप्लव माओवादी नेतृत्वको नेपाल कम्युनष्टि पार्टीका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–६ निबासी २७ बर्षका गम्भिर विक उर्फ अग्रज र सोही नगरपालिकाको १२ सानोखोला निबासी ३० बर्षका विष्णु वली रहेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । विप्लवको कार्यक्रम हुँदै गरेको सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले बबई गाउँपालिका–५ बगरपुरबाट दुबैजनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया