तुलसीपुर, ३ भदौ । सल्यानमा करेन्ट लागेर एक बालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा त्रिवेणी गाउँपालिका–५ टुनिबोट निबासी १५ बर्षका खिमराज महतारा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
बिहान ८ बजेघरको छतमा काम गर्ने क्रममा घरमाथिबाट गएको ११ हजार भोल्टेजको हाइटेन्सन लाईनले छुँदा बालकलाई करेन्ट लागेको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार





