२०८३ कार्तिक ७ गते शुक्रवार

 टिपरको ठक्करबाट बालकको मृत्यु

देउखुरी, २ भदौ ।  टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिदा सोही ठाउँ निवासी ७ बर्षिय राकेश कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

भालुबाङ बाट लमही आउदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तिब्रगतीमा गुडेको टिपरले बालकलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।